तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक आयोगको कामलार्ई प्रभावकारी बनाउन पदाधिकारीहरूसँग सामूहिक छलफल गर्ने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले संवैधानिक आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीहरूसँग सामूहिक छलफल गर्ने भएको छ । 

समितिले आज सिंहदरबारमा गरेको राष्ट्रिय समावेशी आयोगका पदाधिकारीहरूसँगको छलफलपछि समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा थप भएका आयोगहरूको क्षेत्राधिकार, कर्मचारी व्यवस्थापन र बजेट अभाव जस्ता साझा समस्या समाधानका लागि सम्बन्धित आयोगका पदाधिकारीहरूसँग सामूहिक छलफल गर्ने बताउनुभयो । 

कार्यक्रममा सांसदहरू मीन विश्वकर्मा, देव गुरुङ, पद्यनारायण चौधरी, लक्ष्मणलाल कर्ण, अतहर कमाल मुसलमान लगायतले समावेशी आयोगको क्षेत्राधिकार मुस्लिम आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग जस्ता अन्य संवैधानिक आयोगका क्षेत्राधिकारसँग बाझिँदा लक्ष्य अनुसार काम हुन नसकेको बताउनुभयो ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनाले आयोगमा पर्याप्त कर्मचारी र बजेटको अभाव भएका कारण आयोगका काम–कारबाही प्रभावकारी हुन नसकेको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button