तपाईँ सुन्दै हुनुहुन्छः

१ लाख २४ हजार भारतीय नोटसहित दुई जना पक्राउ

सुनसरी   । मोरङ विराटनगर महानगरपालिका १७ मटेरुवा चोकस्थित अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत जोगमुनी अहमदपुर १६ बस्ने ३० वर्षीय मो. ईमरान र सोही स्थानका २० वर्षीय मो. कुबेर रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेका उनीहरूको साथबाट प्रहरीले आज दिउँसो पौने १२ बजे भारतीय नोट २००० को ७ थान, ५०० को १ सय ९४ थान, २०० को ४७ थान, १०० को ३६ गरी जम्मा भारतीय १ लाख २४ हजार बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा लगि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button