तपाईँ सुन्दै हुनुहुन्छः

दुई लाख ७३ हजार मूल्य बराबरको अवैध चिनी बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले दुई लाख ७३ हजार मूल्य बराबरको अवैध चिनी बरामद गरेको छ । 

भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको ४२ क्विन्टल चिनी भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार बरामद गरेको हो । 

भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने १८ वर्षीय बिक्की गुप्ता सहित कानुन बमोजिम बरामद गरिएको चिनी आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सिद्ध राज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button