तपाईँ सुन्दै हुनुहुन्छः

अरूको दुःख बिर्साउने गन्धर्व समुदायको आफ्नै पिडा

तनहुँ । सारङ्गीको धुन र गन्धर्वको आवाजले गुञ्जायमान हुने तनहुँको भानु नगरपालिका–१ गन्धर्व बस्ती यति बेला सुनसान छ । 

गन्धर्व बस्तीमा मात्रै नभएर सार्वजनिक सवारीदेखि गाउँ बस्तीमा पुग्ने गन्धर्व समुदाय घरमै थन्किएर बस्नु परेको छ ।

कोरोना महामारीले लामो समय निषेधाज्ञा भएर मनोरञ्जनका क्षेत्र चलायमान नहुँदा उनीहरू घरमै सीमित भएर थन्किनु परेको हो ।  आम्दानीको स्रोत गुमेपछि गन्धर्व बस्तीमा चुल्हो समेत बाल्न धौ धौ हुन थालेको छ ।

गीत गाउनुका अलावा पर्यटकीय स्थलसम्म पुगेर सारङ्गी बिक्रीबाट हुने आम्दानीले परिवार पाल्दै आएका यहाँका रामकृष्ण गन्धर्व महामारी लम्बिँदै जाँदा समस्या भएको बताउनुहुन्छ । “परिवारको जीवनयापन गर्ने भनेको यही सारङ्गीले हो”, उहाँले भन्नुभयो “ठमेलमा पर्यटकलाई सारङ्गी बेचेर जीवन गुजार्नेहरू पनि पर्यटन व्यवसाय राम्रो नभएसम्म समस्या पर्ने अवस्था छ ।”

गीत गाएर जोहो गरेको बचत केही समयका लागि मात्र पुग्ने अवस्थामा भएको यहाँका स्थानीय बताउँछन् । 

अहिले दैनिक गुजारा चलाउन समस्या भएको सिता गन्धर्वले सुनाउनुभयो । कमाउने मान्छे घरमै बस्नुपर्दा चुल्हो बाल्न समेत मुस्किल परेको उहाँको भनाई छ ।

महामारीसँगै गत वर्षदेखि नै बन्दाबन्दी बढ्दै गएपछि गीत गाएर गाउँ पस्ने बाटो बन्द हुनु, सार्वजनिक सवारी नचल्नु तथा मनोरञ्जन र पर्यटनका क्षेत्र बन्द हुँदा उनीहरूमा समस्या सिर्जना भएको हो । 

सारङ्गी बजाउँदै गीत गाएको भरमा अर्थ सङ्कलन गरेर जीवनयापन गर्ने पुर्ख्यौली पेसालाई कोरोना महामारीले रोकेपछि यहाँका सबै परिवारमा चिन्ता थपिएको छ । 

सारङ्गीको धुनमा समाजका रोदन सुनाउने यो समुदाय आफैँ पिडामा पर्दा कसैले महसुस नगरेको शर्मिला गान्धारीले गुनासो गर्नुभयो  ।“यस्तै अवस्था रहे भोकै मर्छौँ होला”, गान्धारीले भन्नुभयो, “धनी मानिसलाई त पुगुन्जेल भकारीमा होला, गरिबको चुलो निभेको निभ्यै छ ।”

कमजोर आर्थिक अवस्था भएकाले दैनिक छाक टार्नलाई हम्मे हम्मे भएको सुनाउनुपर्ने आफ्ना लागि बाध्यता भएको ५२ वर्षीय बुद्ध गन्धर्वले बताउनुभयो । 

सानै उमेरबाट सारङ्गीको धुनमा आवाज मिसाउन थाल्नुभएका उहाँले होटल र रेष्टुरेन्टमा गीत गाएर परिवार धान्दै आउनुभएको थियो  । अहिले होटल रेष्टुरेन्ट बन्द छन् । पर्यटक आउने अवस्था छैन । महामारीले समस्या पारेको उहाँले गुनासो गर्नुभयो ।

महामारीसँगै गत वर्षदेखि नै बन्दाबन्दी बढ्दै गएपछि गीत गाएर गाउँ पस्ने बाटो बन्द हुनु, सार्वजनिक सवारी नचल्नु तथा मनोरञ्जन र पर्यटनका क्षेत्र बन्द हुँदा उनीहरूमा समस्या सिर्जना भएको हो । 

गन्धर्व समुदाय आफै दैनिक आम्दानी गरे पनि बचत गर्न नसक्नु उनीहरूको समस्याको मूल कारण भएको भानु नगरपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर लामा बताउनुहुन्छ । 

वडाध्यक्ष लामाले आम्दानी बचत गर्ने तथा सिपको  व्यवसायीकरण गर्न सहयोग पुग्ने गरी उपयुक्त योजना सहितका कार्यक्रम माग भए वडा कार्यालय सघाउन तयार रहेको बताउनुभयो । 

उहाँले गन्धर्व समुदायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रहेका उनीहरूसँग सम्बन्धित निकायले सहयोग गरेकाले वडाले राहत उपलब्ध नगराएको उहाँले बताउनुभयो ।

“यस्तै अवस्था रहे भोकै मर्छौँ होला”, गान्धारीले भन्नुभयो, “धनी मानिसलाई त पुगुन्जेल भकारीमा होला, गरिबको चुलो निभेको निभ्यै छ ।”

नेपाली संस्कृतिको संरक्षकका रुपमा रहेको गन्धर्व समुदाय समस्यामा पर्दा समेत सहारा नपाएपछि पेसाबाट विस्थापित हुनुपर्ने अवस्था भएको गन्धर्व समाज नेपालका अध्यक्ष पुजना गन्धर्वले बताउनुभयो ।

नेपाली संस्कृतिको महत्त्व र वीरताको गाथा बोकेको गन्धर्वहरूको पुर्ख्यौली पेसा र सारङ्गीलाई संरक्षण गर्न आवश्यक भए पनि राज्यले संरक्षणमा ध्यान नदिएको उहाँको गुनासो छ  । देशैभरका गन्धर्व समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको उहाँ बताउनुहुन्छ । 

संस्कृति देशको पहिचान भएकोले गन्धर्वको पेसा संस्कृतिसँग सम्बन्धित भएकोले पेसा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाई छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button