तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

टीकापुर कैलाली  । प्रहरीले कैलालीको टीकापुरबाट एक जनालाई लागु औषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । 

टीकापुर नगरपालिका वडा नम्बर १ टेलिकम नजिकैबाट जानकी गाउँपालिका वडा नम्बर ६ सुवर्णपुरका २३ वर्षीय देवेन्द्र साउदलाई पक्राउ गरेको हो । 

उनलाई ४ ग्राम ९३० मिलिग्राम खैरो हिरोइनसहित सादा पोसाकका प्रहरी, क्यूआरटी टोली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समूहको संयुक्त टोलीले पक्राउ गरेको हो । 

आज बिहान ९ बजे पक्राउ परेका साउदलाई जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान अगाडी बढाइने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button