२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण पेशा छोडेर वाख्रापालन : वार्षिक लाखौँ आम्दानी

गौरव त्रिपाठी २०७८ साउन १४ गते १३:००

पोखरा । झन्डै दुई दशकसम्म शिक्षण गर्दै आउनु भएका कास्की सराङकोटका मोहन बहादुर थापालाई आज भोलि खेत वारीमा परिवारसँग मिलेर काम गर्दा आनन्दको निन्द्रा पर्ने गरेको छ । घरमा भएका बाख्रा , कुखुरा मौरीको स्वर सुन्दा निकै आनन्दको महसुस हुने गरेको थापाको अनुभव छ । चक–डस्टर छाडेर मल–पानीमा लागेको २ वर्ष भयो ।


पहिलो पटको कोरोनाकालमा सरकारले गरेको लकडाउनले गर्दा थापाको हुँदा खादाको जागिर गयो । निजी स्रोतबाट पडाउँदै आउनु भएका थापालाई विद्यालयले राख्न नसके पछि घरमा भएका केही पलाष्टीक घर मौरीबाट कृषि पेशालाई विकल्पको रुपमा अगाडी सार्नु भयो ।

सराङकोटको सिमतालमा तालीम विना नै अघिल्लो वर्षबाट बाख्रा पालन व्यवसाय सुरु गर्नु भयो । पवित्रा कृषि फार्म खोलेदेखि फार्ममा उत्पादन भएका वस्तुहरूको लागी बजार खोज्दै हिँड्न नपरेको थापा बताउनु हुन्छ । अहिले वोयर ,जमुनापारी , अष्टेलीयन , राजस्थान र स्थानीय जातका बाख्रा थापाको फार्ममा रहेका छन् । बाख्रालाई जति सक्दो चिसोबाट बचाउने गर्नु पर्छ थापा भन्नुहुन्छ “ म वाउ वाजेको पालादेखि गरेको कृषि पेशालाई अँगाल्ने ठाउँमा आइ पुगे तर , आधुनिक रुपमा कृषि गर्ने हो भने आम्दानी यहाँ जति पनि छ । ”थापाको फार्ममा विभिन्न जातीका बाख्रा राख्ने वल्कहरु छुटाएको छ । करिब सय जति बाख्रा रहेको फार्ममा सुत्केरी कक्ष , वोयर जातका वोकाहरुको लागी छुट्टै कक्ष निमार्ण गरिएको छ ।

फर्ममा भएका पशुमा समस्या आउदा प्राविधिक सहयोग र बाख्रा बिरामी हुँदा औषधी सहयोग पाउने गरेको भन्दै पछिल्लो समय फार्ममा तरकारी खेतीहरूमा सहयोग नपाएको गुनासो थापाको छ । “स्थानीय सरकारले खासै कृषिमा चासो दिएको मलाई जानकारी छैन बरु अन्य संघसस्थाहरुले कहिले मल विउ विजनहरू सहयोग गर्ने गरेको थापा वताउनु हुन्छ ।” प्रधान मन्त्री कृषि आधुनिकीकरण कार्यकमले केही आर्थिक सहयोग गरे पछि थापाले स्थायी पलाष्टीक घर निमार्ण गरेको बताउनु हुन्छ । बाख्रा पालन ,कुखुरा पालन ,मौरी पालन र तरकारी खेतीका लागी साढे २ रोपनी जग्गामा फार्म सञ्चालनमा छ । फार्मबाट वार्षिक १० लाख आम्दानी हुने थापाको भनाई छ । वाख्राकोलागी आवश्यक पर्ने पौष्टिक घास तथा वोट बिरुवाहरूको थापाले फार्ममा लगाउनु भएको छ ।

बिहान दिउसो र बेलुका घरका चार जना सदस्यले आफ्नो समय अनुसार फार्ममा काम गर्ने गरेका छन् । अहिले फर्ममा भएका उत्पादनको बजार राम्रो छ तर मूल्य बिचौलियाले तोक्ने काम गलत भएको थापाको भनाई छ ।किसानलाई ठूलो परिमाणमा सरकारी अनुदानको व्यवस्था गर्न सके त्यसले गर्दा किसानको उत्पादन लागत कम हुने भएकाले बजार मा विचौलीएका प्रभाव कम हुने अनुमान थापाको छ । पहिला पहिला वाध्यात्मक जस्तो लाग्ने यो कृषि पेशा अहिले आफ्नो भविष्य कृषिमै देखेको बताउनु हुन्छ । पवित्रा कृषि तथा बाख्रा पालन फार्ममा गोलभेँडा , सिजन अनुसारका तरकारी , खुसार्नीहरु लगाएको छ ५२ वर्षे थापा कृषि क्षेत्रबाट समाजका युवाहरूलाई मन वचन र कर्मले गर्ने हो भने कृषिमा मनग्य आम्दानी गर्न सकिने बताउनु हुन्छ ।

सम्बन्धित