तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर आमा, छोरी र छोराको मृत्यु

गुप्ता । सर्लाहीको  ब्रहम्पुरी गाउँपालिकामा पोखरीमा डुबेर आमा,छोरी र छोराको मृत्यु भएको छ । 


मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका वडा नं ३ बस्ने आमा रितेवा देवी कापर, कापरकी डेढ वर्षीया छोरी र १० दिनको नवजात शिशु छोरा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 


बुधवार बिहान करिब ९ बजे नेपाल प्रहरी र बिओपी त्रिभुवननगरबाट खटिएका सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर शवलाई पोखरीबाट निकालेका थिए ।


घटना अनुसन्धानको विषय भएकोले मृतक महिलाका श्रीमान् सम्पर्कमा आएपछि मात्र विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button