२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारमा बुधवार पनि नयाँ रेकर्ड

रेडियो नेपाल २०७८ साउन १३ गते १९:०७

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले बुधवार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

यो साताका पछिल्ला ४ मध्ये ३ कारोबार दिनमा दिनमा सेयर बजारको परिसूचकले नयाँ रेकर्ड निर्माण गरेको हो । 


नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रेकर्ड बनाउने र अर्को दिन नै भत्काउने भइरहेको छ । आइतबारको रेकर्ड मङ्गलवार र मङ्गलवारको रेकर्ड बुधवार तोडिएको छ ।


बुधवार केही समय ३११३ बिन्दुसम्म उक्लेको बजार बन्द हुँदा ३०९४ बिन्दुमा कायम भएको हो । यी दुवै बिन्दु हाल सम्मकै उच्च बिन्दु हुन् ।
बुधवार २१९ कम्पनीको सेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच हुँदा १०९ कम्पनीको मूल्य बढेको छ बाँकी अन्य कम्पनीको सेयर मूल्य घटेको छ । 

सम्बन्धित