तपाईँ सुन्दै हुनुहुन्छः

३ किलो यार्सागुम्बासहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा ३ किलोग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ  पर्नेमा  ब्यास गाउँपालिका–३ सिनाका २४ वर्षीय ग्रेससिंह कुँवर रहेका छन्  । कुँवरलाई अवैध यार्सागुम्बासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार झोला बोकी हिँडिरहेका कुँवरमाथि प्रहरीलाई शङ्का लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको अवैध यार्सागुम्बा बरामद गरिएको हो ।


यार्सागुम्बासहित कुँवरलाई आवश्यक कारबाहीका लागि बुधवार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको प्रहरीले जनाएको छ । कुँवरसँग यार्सा सङ्कलन पुर्जी  पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 
यस वर्ष प्रहरीले एक भारतीयसहित तीन जनालाई अवैध यार्सागुम्बासहित पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button