तपाईँ सुन्दै हुनुहुन्छः

नगद ७ लाख १५ हजार ३५ रुपैयाँसहित ११ जुवाडे पक्राउ

काभ्रेपलान्चोक । काभ्रेको बनेपा नगरपालिकाबाट ११ जना तास खेलिरहेका जुवाडेहरूलाई नगद नेपाली ७ लाख १५ हजार ३५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

 
जुवा तास खेलिरहेका जुवाडेहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको हो । 


जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौर स्थित थोप्चेन तामाङको घरको अन्डर ग्राउन्ड कोठामा तास लेखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । तासको खालबाट नखोलिएको ३ र खोलिएको ११ बुक तास तथा तन्ना १ थान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी तथा सूचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो ।  


पक्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता, २०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button