२०७८ साल असोज ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावती तेस्रो जलविद्युत केन्द्रबाट उत्पादन सुचारु हुने

देवराज सुवेदी २०७८ साउन १३ गते १८:०१

सिन्धुपाल्चोक । असार १ को यांग्री खोलाको बाढीले क्षति पुर्‍याएको इन्द्रावती तेस्रो जलविद्युत केन्द्र केही समयमा सञ्चालनमा आउने भएको छ । 

७.५ मेगावाटको उक्त जलविद्युत केन्द्र करिब डेढ महिनापछि सञ्चालनमा आउन लागेको हो । 

बाढीले बगाएको ४ वटा टावर पुनः निर्माण गरि विद्युत् उत्पादन सुचारु गर्न लागिएको केन्द्रका निमित्त प्रमुख इन्जिनियर वसन्तलाल कर्णले जानकारी दिनुभयो । 

असार १ को उक्त बाढीले जलविद्युत केन्द्रको तिपेनीस्थित बाँधमा पनि क्षति पुर्‍याएको थियो । डेढ महिना उत्पादन बन्द हुँदा ३ करोड आम्दानी गुमेको र पुनः निर्माण गर्दा १ करोड २० लाख खर्च भएको कर्णले बताउनुभयो । 

No description available.

उहाँका अनुसार आज बेलुकी अथवा भोलि बिहान सम्ममा विद्युत् उत्पादन सुचारु हुनेछ ।

बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको केन्द्रले जनाएको छ । 

हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

सम्बन्धित