तपाईँ सुन्दै हुनुहुन्छः

पाँच किलो गाँजासहित एक जना पक्राउ

बारा । बारामा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा पाँच किलो गाँजासहित निजगढ नगरपालिका वडा नं. १२ रामथली टोल बस्ने वर्ष ६२ को शेरबहादुर जिम्बालाई पक्राउ गरेको हो ।

निजगढ नगरपालिका वडा नं.११ रतनपुर तामागढी सडक खण्डस्थित जंगलमा जिम्बाले पिठ्युमा बोकेको कालो रङ्गको झोला भित्र लुकाइछिपाई राखेको अवस्थामा प्रतिबन्धित अवैध लागूऔषध गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रलले जानकारी दिनुुभयो ।

पक्राउ परेका जिम्बालाई लागूऔषध मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button