तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ३७ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

अछाम । अछाममा हालसम्म ३७ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । 

गत वर्षको माघ १४ गतेदेखि पहिलो चरणको अभियान सुरु भएयता ३७ हजार बढीले खोप लगाएका हुन् ।

कोरोना विरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियान अछाम जिल्लामा सम्पन्न भएको छ ।

केही दिनमा तेस्रो चरणमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो । पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो डोज लगाइरहेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको थियो ।

जसमा करिब १५ सय जनालाई उक्त खोप लगाइएको छ । अभियानको दोस्रो चरणमा १७ सय ९३ जनाले कोभिसिल्ड खोप लगाएका हुन् । तेस्रो चरणमा सबैभन्दा धेरै १७ हजार २ सय ८६ जनाले खोप लगाएको ढुङ्गानाले बताउनुभयो ।

दोस्रो चरणमा अग्र पङ्क्तिमा खटेर सेवा प्रवाह गर्दै आएका सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मीलगायतको क्षेत्रका कार्यरतलाई लगाइएको थियो ।

अछामका १० वटा स्थानीय तहमध्ये तुर्माखाँद, कमलबजार, पञ्चदेवल विनायक, ढकारी र रामारोशन गरी ५ स्थानीय तहका ५५ वर्षभन्दा माथिकोले कोभिसिल्ड खोप लगाउन पाएका हुन । तर, मङ्गलसेन, बान्नीगढी, साँफेबगर, चौरपाटी, मेल्लेख गरी ५ स्थानीय तहमा भने कोभिसिल्ड अपुग भएपछि ६५ वर्षभन्दा माथिकोले मात्रै खोप लगाएको ढुङ्गानाले बताउनुभयो ।

तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई लगाइएको उहाँले बताउनुभयो ।

जिल्लामा पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकामध्ये हालसम्म ३२ सय ८ जनाले मात्रै दोस्रो डोज खोप कोभिसिल्ड लगाएका छन् ।

पछिल्लो समयमा आएको खोप भेरोसेल ३ हजार ६ सय ३० जनाले पहिलो डोज लगाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button