तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा खुकुलो भएसँगै बागलुङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्यो

बागलुङ । बागलुङमा जारी  निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । 

निषेधाज्ञाको समयमा केही घटेको कोरोना संक्रमणदर निषेधाज्ञा खुकुलो पारिएसँगै फेरी बढ्दै गएको हो । 

पछिल्लो २४ घण्टामा (बुधवार दिउँसो १२ बजेसम्म ) बागलुङमा ६५ जना संक्रमित थपिएका छन् । 

योसँगै बागलुङमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ५९ पुगेको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार पछिल्लो २४ घण्टामा ५१ जना पिसिआर परीक्षण र १४ जनामा एन्टीजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

पिसिआर विधिबाट गरिएको परीक्षणमा बागलुङ नगरपालिकामा ४१ जना, ढोरपाटन नगरपालिकामा १ जना, जैमिनी नगरपालिकामा १ जना निसीखोला गाउँपालिकामा २ जना र काठे खोला गाउँपालिमा ३ जना र अन्य ३ जना गरी ५१ जना रहेका छन् । 

एन्टीजेनबाट गरिएको परीक्षणमा बरेङ गाउँपालिकामा ६ जना, ढोरपाटन नगरपालिकामा ३ जना, गलकोट नगरपालिकामा २ जना, तारा खोला गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा १ जना संक्रमित देखिएका छन् ।

कोरोना संक्रमण केही घटेको समयमा निषेधाज्ञा खुकुलो पारिएपछि पुनः सङ्क्रमितको सङ्ख्या बढ्न थालेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड-१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो  । 

अस्पतालमै पुगेर परीक्षण गराउनेको सङ्ख्या पनि बढेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button