तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक अस्थिरताले देश बन्दैन : निवर्तमान प्रदेश प्रमुख पौडेल

पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले पछिल्लो  राजनीतिक अस्थिरताले देश नबन्ने बताउनुभएको छ । 

मङ्गलवार मात्रै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएपछि पोखरा छोड्नुअघि पत्रकार सम्मेलन गरेर निवर्तमान प्रदेश प्रमुख पौडेलले देशमा राजनीतिक अस्थिरता बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो । 

उहाँले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गर्न आफु सफल भएको दाबी गर्नुहुँदै यो कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो  ।  

सरकारले चालू वर्षका लागि यो कार्यक्रममा २२ करोड विनियोजन गरेको छ । 

पत्रकार सम्मेलनमा निवर्तमान प्रदेश प्रमुखले पौडेलले भन्नुभयो “सामाजिक परिवर्तनका लागि राजनीतिको निर्मम बाटो अपनाएर होला, मलाई यस्ता निर्णय निकै स्वाभाविक लाग्ने गर्छन्” उहाँले भन्नुभयो, ” तर राजनीतिक अस्थिरताले देश बन्दैन । यो सत्य हो ।” आफ्नो कार्यकालभरि संविधानको परिधिभित्र रहेर आफूले कार्यसम्पादन गरेको भन्नुहुँदै उहाँले कार्यकालमा सघाउने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।  

गत वैशाख २० गते उहाँ गण्डकी प्रदेश प्रमुखको रुपमा नियुक्त हुनुभएको थियो । नेकपा विभाजनपछि माओवादी नेता अमिक शेरचनलाई हटाएर एमाले नेतृ पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button