तपाईँ सुन्दै हुनुहुन्छः

जसपा कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाण्डौमा सुरु भएको छ । तुलसीलाल अमात्यको भवन ललितपुरमा बुधवार दिउसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो ।

हिजो मङ्गलवार देखी सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ । पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई कारबाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता गरी अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button