तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा सत्ता गठबन्धनको बैठक : माधव पक्षपनि सहभागी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चलिरहेको छ । मन्त्रिपरिषद् विस्तार तथा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाउनु भएको हो ।

बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ भने एमालेको माधव नेपाल पक्षबाट समेत सहभागिता छ ।

बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button