तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा डेल्टा भाइरसको नयाँ उत्परिवर्तन पुष्टि

काठमाडौँ । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ । 


स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको र नमुनामध्ये तीन वटामा डेल्टाकै नयाँ म्युटेन्ट भेटिएको जनाएको हो ।


पुष्टि भएका तीन वटा नयाँ डेल्टा म्युटेन्टको ए वाई वान नाम राखिएको मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनुभयो । 


२०७८ जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी भारतको नयाँ दिल्लीमा जिनोमिक पहिचानका लागि पठाइएको थियो । 


यो सँगै हालसम्म नेपालमा पुष्टि भएका कोरोना भाइरसको अल्फा, डेल्टा भेरियन्ट तथा कप्पा भेरियन्ट पुष्टि भएको छ । 

यी भेरियन्टहरु बढी सङ्क्रामक हुने र सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने मन्त्रालयले जनाएको छ । 


कोरोना भाइरसको तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैलाई मन्त्रालयले अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button