तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको दाह्रासहित तीन जना पक्राउ

बारा । बारा प्रहरीले हात्तीको दाह्रासहित तिन जनालाई पक्राउ गरेको छ । 


जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ स्थित अमलेखगन्ज बजारबाट तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमरा बाराले जनाएको छ । 


हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२ २७ नम्बरको मोटरसाइकललाई विशेष सूचनाको अधारमा अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई रहेको अवस्था उक्त दाह्रा फेला पारेको हो । 


पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नं.११ बस्ने बर्ष २९ का सूर्य प्रताप तामाङ, सोही ठाउँ बस्ने बर्ष ३२ का दिल बहादुर घलान र हेटौडा उपमहानगरपालिका वडा नं.१३ बस्ने बर्ष २० का सुवास लो रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो । 


परेकाहरुलाई थप अनुसन्धानको लागि पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button