तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा जोनसनको खोप लिनेहरूको अत्यधिक भिड

जनकपुरधाम । धनुषामा आजदेखि अमेरिकन सरकारले अनुदानमा उपलब्ध गराएको जोनसन एन्ड जोनसन कम्पनीले तयार पारेको कोरोना विरुद्धको खोप दिन थालिएको छ । खोप केन्द्रहरूमा खोप लिनेहरूको अत्यधिक भिड देखिएको छ ।


धनुषा जिल्लामा आएको ४३ हजार डोजलाई ५० वर्ष भन्दा माथि र ५४ वर्ष मुनिका व्यक्ति, क, ख वर्गका अपाङ्ग, वैदेशिक रोजगारीमा जाने व्यक्ति, छुटेका कर्मचारी, स्वास्थ्यकर्मी, सपाइकर्मीहरूलाई दिन थालेपछि खोप लिनेको अत्यधिक भिड लागेको हो ।


खोप लिनेहरूको अत्यधिक भिड भएकाले प्रहरीलाई भिडको व्यवस्थापन गर्न गर्न हम्मे परेको थियो । 


जोनसन कम्पनीको खोप एक डोज मात्र लगाए पुग्ने भएकाले खोप लिनेहरूको भिड अत्यधिक देखिएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button