तपाईँ सुन्दै हुनुहुन्छः

रोशी खोलामा टिपर खस्दा एक जनाको मृत्यु, दुई घाइते

काभ्रेपलान्चोक । काभ्रेको रोशी खोलामा टिपर खस्दा एक जनाको मृत्यु भएको छ, अन्य दुई जना घाइते भएका छन् । 


नार्के बजार तर्फबाट मंगलटारतर्फ गइरहेको बा ५ ख ४७०२ नम्बरको टिपर सडकको बायाँ तर्फबाट अनियन्त्रित भई सडकबाट रोशी खोलामा खसेको हो ।


खोलामा टिपर खस्दा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार रामेछापको सुनापती गाउँपालिका ५ का यसमने मगरको उपचारको क्रममा मृत्यु भएको हो ।


२ जना घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button