तपाईँ सुन्दै हुनुहुन्छः

पौडीबाज शाहद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौँ । नेपाली पौडीबाज एलेक्स शाहले ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । ओलम्पिकमा हिट चरणमा पहिलो भए पनि एलेक्स दोस्रो चरणमा भने पुग्न सकेनन् । जसका कारण उनको प्रतिस्पर्धा हिट चरणमा नै सकिएको छ । 


पहिलो हिटमा प्रतिस्पर्धा गरेको एलेक्सले निर्धारित दुरी ५३ दशमलव ४१ सेकेन्डमा पुरा गरे । उनले आफ्नो हिटमा रहेका अरू खेलाडी भन्दा राम्रो समय निकाले । उनको एक सय मिटर फ्री स्टाइलमा वर्ल्ड च्याम्पियनसिपको समय ५६ दशमलव २८ सेकेन्डका रहेको छ । तर उनले  राष्ट्रिय कीर्तिमान भने सुधार गरे । यो स्पर्धामा एलेक्सको समय ५५ दशमलव ३८ सेकेन्डको समय रहेको थियो । 


हिट चरणको समयका आधारमा शीर्ष १६ मा रहने खेलाडीले सेमिफाइनलमा प्रवेश गरेका छन् । तर उनको भन्दा अरू हिटमा प्रतिस्पर्धा गरेका खेलाडीको समय राम्रो रहेकाले उनी १६ जना भित्र पर्न सकेनन् । जसका कारण एलेक्सको प्रतिस्पर्धा हिट चरणमा नै रोकिएको हो । दक्षिण एसियाली खेलाडीको तुलनामा एलेक्सले उत्कृष्ट प्रदर्शन गरे । 


पौडीमा नै नेपालबाट महिला तर्फ कीर्तिमानी खेलाडी गौरीका सिंहले एक सय मिटर फ्रिस्टाइलमा बुधवार प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा दिउँसो पौने चार बजे रहेको छ । उनी पनि पहिलो हिटमा रहेकी छिन । 


हिटको छैटौँ लेनमा रहेकी गौरीकाको हिट चरण पार गर्ने संभावाना बलियो देखिएको छ । इन्ट्रि टाइमिङमा गौरीका दोस्रो स्थानमा छिन । उनी भन्दा अगाडी मोन्टनेग्रोकी एन्डिला एन्टु नोभिक छिन ।


उनको समय १ मिनेट ४९ मिलिसेकेण्ड रहेको छ । गौरीकाको यो विधामा एक मिनेट ६२ मिलिसेकेण्डको छ । साथै गोरीकालाई आफ्नो राष्ट्रिय रेकर्ड सुधार्ने पनि मौका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button