तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा कोरोना विरुद्धको खोप लगाउन शुरु

इलाम । इलाममा आजदेखि कोरोना विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको छ । 


२२ हजार ९ सय ८८ डोज खोप लगाउन जिल्लाको पाँच वटा पालिकामा आजदेखि खोप अभियान सुरु भएको हो । चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकामा आजबाट अभियान सुरु भएको हो । १२ देखि १४, १७ देखि १९ र २२ देखि २४ गतेसम्म खोप सञ्चालन हुने जनाइएको छ ।


भेरोसिल खोप प्राथमिकतामा परेका उमेर समूह ५५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button