तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभर ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


१७ हजार ५ सय १८ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार हाल काठमाडौँ उपत्यकाका तीनै जिल्ला सहित १२ जिल्लामा ५ सय भन्दा बढी र २२ जिल्लामा २ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित रहेका छन् । 


आज सङ्क्रमणबाट १ हजार ७ सय ७८ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ४७ हजार ७९ संक्रमित निको भइसकेका मन्त्रालयले जनाएको छ । 


सङ्क्रमणका कारण आज थप २० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button