तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठकमा तथ्याङ्क विधेयक २०७६ सम्बन्धी प्रतिवेदन प्रस्तुत

file photo

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा तथ्याङ्क विधेयक २०७६ सम्बन्धी विधायन व्यवस्था समितिको प्रतिवेदन प्रस्तुत भएको छ । 
विधायन व्यवस्था समितिका सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदने प्रतिवेदन पेस गर्नुभयो ।


बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो ।  


यस्तै बैठकले २०४८ सालको निर्वाचनमा सिराहा जिल्ला निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधि सभाको पूर्व सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 


बैठकको विशेष समयमा सांसदहरूले कोरोना संक्रमण नियन्त्रणमा संवेदनशील बन्न तथा खोप वितरण सहज र व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभयो । 


राजनैतिक दलहरूले आयोजना गर्ने भेला, जुलुस तथा परीक्षा बोर्ड एवं विश्वविद्यालयहरूको विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णयले सङ्क्रमणको जोखिम बढाएको भन्दै सांसदहरूले त्यस तर्फ गम्भीर बन्न ध्यानाकर्षण गर्नुभयो । 


राष्ट्रिय सभाको आगामी बैठक भोलि श्रावण १३ गते दिउँसो १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button