तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध चरेश र नगदसहित २ जना पक्राउ

कैलाली । कैलालीमा लागु औषध चरेश र नगदसहित २ जना पक्राउ परेका छन् ।


गौरीगङ्गा नगरपालिका वडा नम्बर ११ का ४० वर्षीय गोरख भन्ने गोरे धामी चरेससहित र वडा नम्बर ६ का ३५ वर्षीय धनबहादुर धामीलाई नगदसहित प्रहरीले पक्राउ गरेको हो । 


गोरे धामीलाई गौरीगङ्गा नगरपालिकाको वडा नम्बर ८ पूर्वपश्चिम राजमार्गस्थित गिदनीयाबाट ५ किलो ५ सय ग्राम चरेससहित र धनबहादुरलाई वडा नम्बर ११ बाट १ लाख २० हजार नगदसहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


उनीहरू दुवै जनामाथि लागु औषध चरेश शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button