तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारद्वारा बालविवाह निरुत्साहित गर्ने रणनीति तयार

file photo

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बालविवाहलाई निरुत्साहित गर्ने रणनीति तयार गरेको  छ । 


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै यस विषयमा निर्णय गरेर कार्यान्वयनका लागि अगाडि बढेको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले बताउनुभयो । 


शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरिएको बैठकपछि लुम्बिनी प्रदेशका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा आएको प्रदेश खेलकुद विकास नियमावली –२०७८ स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।


लुम्बिनी प्रदेशभित्र कुनै पनि बाल विवाह नहोस् भन्नको लागि प्रदेशले बालविवाह निरुत्साहित गर्ने कुराहरू समेटेर रणनीति ल्याएको शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्री वास्तवले बताउनुभयो । उहाँले २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्नको लागि जनचेतनामूलक कार्यक्रमहरू गर्ने बताउनुभयो ।


मन्त्री श्री वास्तवले खेलकुदको लुम्बिनीमा विकास गर्ने योजनासहित प्रदेश खेलकुद विकास नियमावली २०७८ तयार भएको बताउँदै यस अन्तरगत प्रदेश खेलकुद परिषद् गठन हुने बताउनुभयो । मन्त्री श्री वास्तवले प्रदेशमा हुने खेलकुद प्रतियोगिता व्यवस्थित बनाउन र आवश्यक अन्य क्रियाकलापहरू यसै परिषद्मार्फत नै हुने बताउनुभयो ।


प्रदेशका  ६ वटा तराईका जिल्लामा अहिले पनि बालविवाह रोकिएको छैन । अब यो  निर्णयले सबै स्थानीय सरकारसँग समन्वय गर्न सहज हुने अनुमान प्रदेश सरकारको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button