तपाईँ सुन्दै हुनुहुन्छः

सहारा साकोसद्वारा कोरोना संक्रमित सदस्यहरूलाई २ करोड सहयोग

झापा । झापाको बिर्तामोड–२, चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना सदस्यहरूलाई २ करोडभन्दा बढी नगद सहयोग गरेको छ ।


महामारीको समयमा सदस्यहरूको अस्पताल खर्च सहयोग गरिसकिएको र होम आइसोलेसनमा बसेकाहरूलाई सहयोग रकम दिने अन्तिम तयारी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । सहाराले अस्पताल भर्ना भएका ५२ जना संक्रमित सदस्यहरूको अस्पतालको खर्चबापतको करिब ६२ लाख रकम भुक्तानी गरिसकेको कार्यकारी प्रमुख गिरीले बताउनुभयो ।


सहाराले अस्पताल भर्ना भएका सदस्यहरूलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म सहयोग गरिसकेको र  संक्रमित भई होम आइसोलेसनमा बसेका २२०० सदस्यलाई १ करोड ५४ लाख रुपैयाँ सहयोग गर्ने अन्तिम तयारी रहेको कार्यकारी अधिकृत गिरीले बताउनुभयो । नेपाल सरकारले तोकेको १४ दिन आइसोलेसनमा बस्नुपर्ने नियमअनुसार प्रतिदिन ५००।– का दरले एक जनालाई ७ हजार रुपैयाँ प्रदान गरिने छ । 


सहाराले संक्रमित सदस्यहरूको घरमै पुगेर पोषणयुक्त खाद्य सामग्री तथा औषधि पनि उपलब्ध गराउँदै आएको छ । सहकारीले संस्थाको सामुदायिक स्वास्थ्य कोषबाट सदस्यहरूलाई सहयोग गर्दै आएको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button