तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीमा दिनप्रतिदिन जङ्गली हात्तीको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 


हरिवन नगरपालिका वडा नं ४, गणेश चोककी ६२ वर्षिया तेतरी खातुनलाई गए राति २ बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

छिमेकमा रहेको विवाह घरमा जाँदै गर्दा एक्कासि देखा परेको जङ्गली हात्तीले आक्रमण गर्दा पेट र खुट्टामा चोट लागि खातुन घाइते हुनुभएको थियो । 


घाइते खातुनको उपचारका क्रममा नेशनल मेडिकल कलेज, वीरगन्जमा बिहान साँढे ६ बजेतिर मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनुभयो । 


यस्तै, सर्लाहीको बागमती नगरपालिका–४ स्थित रेल्वे लिक नजिकै एक पुरुष हात्तीको आक्रमणबाट घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका उक्त घाइते पुरुष अन्दाजी ३५ वर्षको रहेको र पहिचान नखुलेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button