तपाईँ सुन्दै हुनुहुन्छः

भैँसीपालक किसानलाई पोखरा महानगरपालिकाको अनुदान

file photo

पोखरा । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरिद गर्न अनुदान रकम वितरण गरेको छ । 


महानगरलाई दूधमा आत्मनिर्भर बनाउन भैँसी प्रवर्द्धन कार्यक्रम अगाडी सारेको महानगरले १० ओटा भन्दा बढी भैँसी पाल्ने किसानलाई अनुदान रकम दिन थालेको हो ।


किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।


किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० किसानलाई रु १७ लाख छ हजार वितरण गरिएको हो । 
महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । 


उहाँका अनुसार महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गीकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ । महानगरपालिकाले अन्य किसानहरूलाई पनि कृषि अनुदान दिइने कार्यक्रम अगाडी बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button