तपाईँ सुन्दै हुनुहुन्छः

सहिद पार्कमा मूर्ति राखियो

तनहुँ । जनयुद्धमा सहिद भएकाहरूका सम्झनामा तनहुँको हलेदीमा निर्माण भएको सहिद स्मृति पार्कमा सहिदहरूको प्रतिकात्मक मूर्ति राखिएको छ । 


नगरपालिका–२ हलेदीमा प्रतिकात्मक मूर्ति राखिएको हो । २० फिट अग्लो स्तम्भ निर्माण गरेर स्तम्भको माथिपट्टि बन्दुक बोकेको महिला र पुरुषको प्रतिकात्मक मूर्ति निर्माण गरिएको हो । 


महिलाको साढे पाँच फिट र पुरुषको छ फिट अग्लो मूर्ति राखिएको सहिद स्मृति पार्क संरक्षण समितिका सचिव सोमलाल रिमालले जानकारी दिनुभयो । सहिदको बलिदानलाई सम्मान गर्दै इतिहासलाई जीवन्त राख्न प्रतिकात्मक मूर्ति राखेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button