तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप २५ जनामा कोरोना सङ्क्रमण

पाल्पा । पाल्पामा सोमबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या समेत बढ्न थालेको छ ।


स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा १५ जना संक्रमित थपिएका हुन । 


यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ११ जना सङ्क्रमितले कोरोना जितेका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या ७ हजार ७ सय २० पुगेको छ । १ सय १८ जना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । 


जिल्लामा हाल कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय २४ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button