तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सकको अभाव हुँदा सेवाग्राही बिचल्लीमा

डडेलधुरा । सुदूरपश्चिममा सङ्घीय सरकार मातहतको एक मात्र डडेलधुरा अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवागाहीहरु बिचल्लीमा परेका छन् । 


१९ जना विशेषज्ञ चिकित्सकसहित ४० जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा एक साता देखि चार/पाँच जना डाक्टरले अस्पताल धानिरहेका छन् । 


अस्पतालमा सामान्य देखि हाडजोर्निका सेवा समेत पभाबित भएका छन् । केही चिकित्सक घर बिदामा भएका कारण उपचारमा समस्या भइरहेको अस्पताल विकास समिति डडेलधुराका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।


अस्पतालका निमित्त मेसु डा.जगदीशचन्द्र विष्ट अस्पतालको काम विशेषले कैलाली गएकाले गर्भवतीको डेलिभरीमा समेत समस्या भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button