तपाईँ सुन्दै हुनुहुन्छः

रेडक्रसको पहलमा रक्त सञ्चार सेवाकेन्द्र सञ्चालन

रोल्पा  । रोल्पाको रोल्पा अस्पताल रेउघामा रक्तसञ्चार सेवाकेन्द्र सञ्चालनमा आएको छ । साउन ८ गते शुक्रवारबाट रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आएको रोल्पा अस्पतालले बताएको छ ।


रोल्पाका १० स्थानीय नगर तथा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको विशेष पहलमा रक्त सञ्चार सेवाकेन्द्र सञ्चालनमा आएको हो । 


ब्लड बैङ्क सञ्चालनको लागी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र रोल्पा अस्पतालले १–१जना ल्याब टेक्निसियन नियुक्त गरी खटाइएका छन् । रगतको आवश्यकता भए बिरामीले निःशुल्क रगत प्रयोग गर्न पाउने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button