तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा क्लोज युजर ग्रुपमार्फत पठनपाठन सुरु

सल्यान  । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा क्लोज युजर ग्रुप ९सियुजी० सेवामार्फत पठनपाठन सुरु भएको छ । 

गाउँपालिकाका ४० विद्यालयमा कक्षा ४ देखि १० सम्मका  चार हजार बढी विद्यार्थीलाई सियुजी सेवामार्फत पढाउन थालिएको हो । 

कोरोना भाइरसका कारण भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने वातावरण अझै बनिनसकेकाले सियुजी सेवामार्फत गरिएको पठनपाठनले विद्यार्थीको सिकाई निरन्तरताको लागि प्रभावकारी भूमिका खेलेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर वलीले जानकारी दिनुभयो । 

सियुजी सेवा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म सक्रिय हुने भएकाले विद्यालय र शिक्षकले उपयुक्त कार्य योजना बनाएर सिकाई सहजीकरण गरी रहेको उहाँको भनाई छ ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्य योजना२०७७ मा प्रस्तुत कार्यविधि अनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबिच सिकाई सम्पर्क कायम गराउन सार्वजनिक विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको सियुजीमा आबद्ध गराउने योजना राखेको थियो ।

नेपाल टेलिकमले सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकता अनुसार पाठशाला सियुजी सिम निःशुल्क उपलब्ध गराएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button