तपाईँ सुन्दै हुनुहुन्छः

बद्रीविक्रम स्मृति पुरस्कार हरि मञ्जुश्रीलाई

काठमाडौँ । बद्रीविक्रम थापा स्मृति सेवा गुठीले यो वर्षको बद्रीविक्रम स्मृति पुरस्कार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र जीवनचन्द्र कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । 

गुठीका अध्यक्ष सत्यमोहन जोशीको सभापतित्वमा हालै भएको बैठकले सम्मान पत्रसहित रु ५१ हजार राशिको उक्त पुरस्कार नेपाली वाङ्मयको श्रीवृद्धिमा गरेको योगदानको कद्दर स्वरूप प्रदान गर्ने निर्णय गरेको हो । 


श्री कोइरालालाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको गुठीले आज जनाएको छ । भोलि सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार प्रदान गरिनेछ । 

गुठीले बद्रीविक्रम माधुरी छात्रवृत्ति कोषमा रु १० लाख थपेर रु २५ लाखको अक्षयकोष खडा गर्ने निर्णय गर्नाका साथै बद्रीविक्रम थापा राष्ट्रिय योग पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न रु पाँच लाख प्रदान गर्ने निर्णय पनि गरेको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button