तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा नयाँ अलटाइम हाइ रेकर्ड

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टकको कारोबार सूचक नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ । 


आइतबार नेप्से परिसूचक ५४.३१ अङ्क बढेर ३०५८.६३ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बन्द विन्दु हो । यस अघि नेप्सेले जेठ ३१ गते ३०२५.८३ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो । 


यस दिन नेप्से ३०६४ विन्दुसम्म पुगेको भए पनि कारोबारको अन्त्य सम्ममा आइपुग्दा केही घटेर ३०५८.६३ विन्दुमा कायम भएको हो ।


यस दिन नेप्से परिसूचक सँगै बजारको कारोबार रकममा पनि वृद्धि भएको छ आइतबार विभिन्न २२३ कम्पनीहरूका १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार रुपैयाँ बराबरका ४ करोड ४१ लाख १४ हजार कित्ता शेयरहरू किनबेच भएका छन् ।


यस दिन कारोबारमा आएका कम्पनीहरूमध्ये ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन शेयर मूल्य घटेका कम्पनीहरूको घटदो दर भने ४ प्रतिशत भन्दा कम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button