२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सेतीमा हाम फालेर एकजना बेपत्ता

सत्यराज सिंह २०७८ साउन १० गते १०:३०

बझाङ । बझाङको सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन् । हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका — ११ काप्रिकोटका ६० वर्षीय स्थानीय धर्मराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जोशी आइतबार बिहान  करिब ७ बजे सेतीमा हामफालेको बताइन्छ ।  जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  रूपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन ।  ‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘अनुसन्धान हुँदैछ ।’ स्थानीयले कपडेको झोलुङ्गे पुलनेरबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको उहाँले बताउनुभयो । जोशीलाई अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले खोजी कार्य जारी राखेको बताइन्छ । 

सम्बन्धित