तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक भारतीय नागरिक पक्राउ

बारा । बारामा सशस्त्र प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । 


विश्रामपुर गाउँपालिका वडा नं.१ कल्याणपुर सीमामा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. बरैनिया मातहत रहेको सशस्त्र प्रहरीले भारतीय नागरिक सन्तोष कुमार रजकलाई पक्राउ गरेको हो । 


रजकको साथबाट एक थान भारतीय नम्बरको मोटरसाइकल, दुई एम.एल.का डाईजेपाम ८ सय ९० पिस, नुर्फिन २ एम.एल.का ९ सय १ पिस र फेनारगन २ एम.एल.का ९ सय २५ पिस गरी २ हजार ७ सय १६ पिस लागु औषध बरामद गरिएको सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सञ्जीव पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button