२०७८ साल असोज ४ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री साहद्वारा नेपाल पत्रकार महा १ लाख सहयोग

सञ्जीव विक्रम शाह २०७८ साउन ९ गते १९:०९

राजविराज । प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले नेपाल पत्रकार महासङ्घ, शाखा सप्तरीलाई रु १ लाख सहयोग प्रदान गर्नुभएको छ  ।

पत्रकार महासङ्घको कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच मन्त्री साहले रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो । पत्रकारको हकहितका लागि भन्दै मन्त्री साहले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री साहले केही दिन अगाडि महासङ्घलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो । सोही घोषणा बमोजिम उहाँले उक्त रकम आज हस्तान्तरण गर्नुभएको हो ।

पत्रकार सबैका लागि काम गरिरहे पनि धेरै कम व्यक्तिमा सहयोगको भावना हुने गरेको बताउनुहुँदै उहाँले जिल्लाको पत्रकारिताको विकास र पत्रकारको हकहितका लागि आफू सदैव तत्पर रहने बताउनुभयो  ।

सम्बन्धित