तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावितलाई ५ लाख ८० हजार नगद राहत वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङग्री र सुनचौर बरुवाका बाढी प्रभावितलाई ५ लाख ८० हजार नगद राहत वितरण गरिएको छ । 


पाँच पोखरी थाङपाल २ घर भई हाल अमेरिका रहनुहुने सुरेन्द्र तामाङ र बुद्धिमान तामाङको समन्वयमा तामाङ को अपरेसन सोसाइटी अफ क्यालिफोर्निया एवं अमेरिकामा रहनुहुने नेपालीहरू र ह्योल्मो सोसाइटी अमेरिकाबाट उक्त रकम सङ्कलन गरिएको हो ।


शुक्रवार १ सय १० घर विस्थापितमध्ये ३२ घरलाई सो रकम वितरण गरियो । ७ घरलाई २५ हजार, ६ घरलाई २० हजार र बाँकीलाई १५ हजारका दरले रकम वितरण गरिएको वडाध्यक्ष पासाङ स्याङबाले जानकारी दिनुभयो । साथै १ सय ३२ जनालाई कोभिड विरुद्धको भेरोसिल खोप दिइएको पनि स्याङबाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button