तपाईँ सुन्दै हुनुहुन्छः

बाँझो जमिनमा खेती गर्नेलाई नगद अनुदान

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गरेको छ । पालिकाले अनुदान दिन थालेपछि खेतीयोग्य जमिन बढेको छ । 


लामो समय बाँझो रहँदै आएको जमिनको उपयोग गरी खेती गरेका किसानलाई पालिकाले अनुदान दिने गरेको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । आफ्नै जमिनमा खेती गर्नेलाई २ हजार र भाडामा लिएर खेती गर्नेलाई प्रतिरोपनी २५ सयका दरले अनुदान दिने गरिएको उहाँले बताउनुभयो । 


आर्थिक वर्ष २०७७–०७८ मा गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानहरूलाई ५ लाख ९५ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । 
गत वर्षमा वडा नं. १ मा ९२.५ रोपनी, २ मा ५५ रोपनी, ३ मा १२, ४ मा १६ र ५ नं. वडामा ४९ रोपनी गरी २७० रोपनी बाँझो जग्गामा खेती गरिएको छ । 

अघिल्लो वर्ष १७ सय ३४ रोपनी क्षेत्रफल बाँझो जमिनमा खेती गरिएको थियो भने २०७७–०७८ मा २७० रोपनी बाँझो जमिनमा खेती गरिएको छ । वषौँदेखि बाँझो २ हजार ४ रोपनी जमिनमा खेती गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button