तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

डोटी। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठुलठुला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो ।

अवरुद्ध राजमार्ग पुनः सञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिरोले ठुला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरी चौकी गैराले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बिच बाटामा अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button