तपाईँ सुन्दै हुनुहुन्छः

उद्यमी बन्दै युवा

पाल्पा । पछिल्लो समयमा तानसेनका युवाहरू उद्यमशील बन्दै गएका छन् । युवाहरू तरकारी खेती गर्ने, फूल खेतीमा रमाउने, बाँसका सामाग्रीका साथै सजावटका सामाग्री बनाउने तथा पशुपंक्षीपालनमा आकर्षित हुँदै गइरहेका हुन् ।  

ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले पछिल्लो समय युवाहरू विदेश जान छोडेर गाउँघरमै स्वरोजगार हुनेक्रम बृद्घि हुँदै गइरहेको बताउनुहुन्छ । उहाँका अनुसार उद्यमी बन्दे गएका युवाहरूमा कतिपय विदेश बसेर फर्केका युवाहरू छन् भने कतिपय विदेशको भिसा छाडेर  उद्यमी बनेक छन्  । कृषि तथा पशुपालन फर्म दर्ता गर्ने, बैङ्कसँग सहुलियत ब्याजदरमा ऋण लिने र स्वरोजगार बनेर रमाउने युवाहरूको सङ्ख्या बढ्दै गएको खबर सुखद भएको कार्कीले बताउनुभयो । 

तानसेन नगरपालिका, संयुक्त राष्टसंघीय विकास कार्यक्रम, ग्रामीण आर्थिक विकास सङ्घ रेडा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, तरकारी जोन लगायतका कार्यक्रमहरू तथा सहयोगी संस्था युवा उद्यमी बनाउनका लागि प्रभावकारी देखिएको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । ‘काम गर्न खोज्नेका युवालाई नगरपालिका सहारा बनिरहेकोले युवाहरू उत्साहित भएर कृषि, पशुपालन लगायतका क्षेत्रमा लागि परेका’ उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button