तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ९ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

File Photo

काठमाडौँ । कोरोना भाइरसबाट आज थप २ हजार ९ सय ७७ जना सङ्क्रमित भएका छन् । 

आज १३ हजार ६ सय ९८ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ जना तथा ३ हजार ६ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ यस ९५ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसँगै हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ७ लाख ३० हजार १ सय ४६ पुगेको छ । 

यस्तै आज थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ९ हजार ६ सय ७९ पुगेको छ । 

यसै गरी आज १ हजार ६ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button