तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठकमा मानव अधिकार आयोगको प्रतिवेदन पेस

file photo

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७ पेस गरिएको छ ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय मानव अधिकार आयोगको  वार्षिक प्रतिवेदन, २०७६/०७७ पेस गर्नुभएको हो ।


त्यस अघि बैठकको विशेष समयमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीका लागि जाने युवाहरूका लागि कोरोनाको खोप सुनिश्चित गर्नुपर्ने र विशेष कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभयो ।


सांसदहरुले विगतका कमीकमजोरी सुधार गर्दै सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button