तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा २६ हजारले लगाए कोभिसिल्ड र भेरोसेल खोप

पर्वत । कोरोना विरुद्धको खोप अभियान पर्वतमा पाँचौँ चरण बिहीबार सम्पन्न हुँदा सम्म २६ हजार नागरिकले खोप लगाएका छन् । 


स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारी, पत्रकार र ५५ बर्ष उमेर समूह माथिका व्यक्ति, व्यवसायी साथै शिक्षक गरी पर्वतमा २६ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । 


कोभिसिल्ड र भेरोसेल गरी यी विभिन्न पेसामा आबद्ध भएका व्यक्ति र तोकिएको उमेर समूहका व्यक्तिले खोप लगाइएको स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।


पर्वतमा साउन १० र १८ गते जोनसन एन्ड जोनसन खोप लगाइने भएको छ । ५० वर्ष भन्दा माथिको उमेर समूहका नागरिकलाई जोनसन एन्ड जोनसन खोप लगाइने भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button