तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाबाट १९ करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन

बारा । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत आर्थिक वर्षमा १९ करोड रुपैयाँ भन्दा बढी राजश्व उठाएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको जरिवाना स्वरूप १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाएको  प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा मा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको सूचना अधिकारी ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । 

भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको  ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button