२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पुष्करराज बुढाथोकी २०७८ साउन ७ गते १९:५०

भक्तपुर । अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुरको आदर्शचोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार बुधवार राती सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपर र विपरीत दिशाबाट आएको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुने चालक सूर्यविनायक नगरपालिका–८ सिपाडोलका २१ वर्षीय निरज श्रेष्ठ रहेका छन् । 

टिपरको ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारकै क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउनुभयो । 

प्रहरीले टिपर र टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का २९ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित