तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहीबार तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button